न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नागरिकता सम्बन्धि सेवा (वंशज)

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा (कोठा नं - ९)
गुनासो सुन्ने अधिकारी



 
अ.) सामान्य अवस्थामा :-


सम्बन्धित वडा कार्यालयबाट अनलाइन सिफारिस भएको अनुसूची फाराम  १ ।
बाबु र आमाको  नागरिकता प्रमाण पत्र ।
बाबु र आमाको नागरिकता नभएमा दाजु/भाई वा वंशज खुल्ने तीन पुस्ताभित्रको नातेदारको नागरिकता प्रमाण पत्र र नाता प्रमाणित।
जन्मदर्ता प्रमाणपत्र, जन्ममिति खुल्ने शैक्षिक योग्यताको  प्रमाण पत्र, नाबालक परिचय पत्र लिएको भए सो समेत ।


विवाहित महिलाको हकमा:


विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता र माइति तर्फको वंशज खुल्ने नागरिकताको प्रमाण पत्र ।
बाबु/आमाको मृत्यु भए मृत्यु दर्ता प्रमाण पत्र र वंशज खुल्ने कागजात ।
परिवारका कुनै पनि सदस्यको नागरिकता नभए वंशजको नाताले नागरिकता पाउन सक्ने र वंशज प्रमाणित हुने अन्य आधारभूत प्रमाणहरु ।
अन्य जिल्लाबाट बसाई सरी आउनेको हकमा बसाइँसराई दर्ता प्रमाण पत्र, स्थायी बसोबास खुल्ने जग्गाधनी दर्ता प्रमाण पूर्जा वा घरको नक्शा पास  प्रमाणपत्र वा मतदाता परिचय पत्र वा पानी, बिजुलीको बिल।


बिदेशमा जन्म भएकाको हकमा:

सो को प्रमाण।

सनाखत गर्न बुवा वा आमा वा पति नभएको हकमा:


सनाखत गर्न आउने व्यक्ति संगको नाता प्रमाणित  ।
निवेदकलाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तिमा दुईजना नेपाली नागरिकता लिई सकेको व्यक्ति र सम्बन्धित स्थानीय तहको एक जना पदाधिकारी वा सदस्यले सर्जमिन स्थलमा नै गरेको सनाखत (माथिका कागजात पेश गर्न नसक्नेको हकमा)  ।
अनुसुची फारममा सिफारिस गरे बमोजिमको हालसालै खिचेको मुखाकृति देखिने सेतो पृष्ठभूमि भएको२x२.५ साइजको फोटो २ (दुई) प्रति ।
आवश्यक्ता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।


 आ.) पितृत्व र मातृत्वको ठेगान नभएका व्यक्तिको हकमा थप :-


नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस ।
त्यस्तो संस्थाको सिफारिसका आधारमा सम्वन्धित वडा कार्यालयले गरेको सिफारिस ।
कानूनी संरक्षकद्वारा हुर्काईएको भए त्यस्तो संरक्षकको सनाखत, निजको नागरिकताको प्रमाणपत्र र सम्वन्धित वडा कार्यालयको सिफारिस।
अन्य तरिकाले हुर्केको भएः- सम्बन्धित स्थानीय तहको सिफारिस (ऐनको दफा ८  को उपदफा १ को ग) ।


(ई) बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा थप:- 


नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको हुनुपर्ने ।
नेपालमा नै स्थायी  बसोबास गरेको हुनुपर्ने ।
बाबुको पहिचान हुन नसकेको अवस्था हुनुपर्ने ।


आवश्यक कागजात


जन्मदर्ता प्रमाणपत्र ।
आमाको नेपाली नागरिकताको प्रमाणपत्र ।
जन्म स्थान र नाता खुल्ने सम्वन्धित वडा कार्यालयको सिफारिस ।
जन्म नेपालमा भएको, नेपालमा नै स्थायी बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यहोरा खुलेको सम्वन्धित वडा कार्यालयको सिफारिस।
सम्बन्धित व्यक्ति र निजको आमाले गरेको अनुसुची ४(क) बमोजिमको स्वघोषणा।
आमाको मृत्यु भइसकेको हकमा मृत्यूदर्ता प्रमाणपत्र र होस ठेगान नभएको हकमा स्वीकृत चिकित्सकले गरेको सिफारिस।


नोट :- सम्पूर्ण कागजातहरुको एक एक प्रति फोटोकपी कार्यालय प्रयोजनको लागि र सक्कल प्रति रुजु गर्ने प्रयोजनको लागि अनिवार्य रुपमा साथमा लिइ आउनुपर्नेछ ।

       आवश्यक्ता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।



2

नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत)

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता प्रतिलिपी (कोठा नं - ७)
गुनासो सुन्ने अधिकारी




(अ) नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाको हकमा :-


सम्वन्धित वडा कार्यालयको  अनलाइन सिफारिस भएको अनुसूची फाराम -७ ।
जन्म मिति र जन्म स्थान खुल्ने कागज प्रमाण ।
बाबु र आमाको सम्बन्धित देशको पहिचान खुल्ने प्रमाणपत्र।
पतिको नागरिकता प्रमाण पत्र र विवाह दर्ता प्रमाण पत्र।
विदेशी नागरिकताको प्रमाण पत्र त्याग गर्न कारवाही चलाएको प्रमाण र शपथ पत्र।
नेपालको भिसा आवश्यक पर्ने विदेशी मुलुकको नागरिक भएमा  भिसाको म्याद कायम रहेको निस्सा  ।
पतिको सनाखत । पति नभएमा नाता भिड्ने नजिकको नातेदार सासु/ ससुरा/देवर वा जेठाजुको सनाखत । सनाखत गर्ने व्यक्ति संगको नाता प्रमाणित।
आवश्यक देखिएमा वडा र प्रहरीको सर्जमिन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।


  (आ) विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा थप :-


सम्वन्धित वडा कार्यालयको  अनलाइन सिफारिस भएको अनुसूची फाराम -७ ।
आमाको नेपाली नागरिकताको प्रमाणपत्र ।
जन्म दर्ता प्रमाण पत्र र शैक्षिक योग्यताको प्रमाण पत्र।
नेपालमा स्थायी बसोबास गरेको खुल्ने सम्वन्धित वडा कार्यालयको  सिफारिस ।
बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता नलिएको भनी निज र निजको आमाले गरेको- अनुसूची ‘७ क’ बमोजिमको स्वघोषणा ।
आमाको मृत्यु भएकोमा मृत्युदर्ता प्रमाणपत्र
आमाको होस ठेगान नभएको अवस्थामा स्विकृत चिकित्सकले गरेको सिफारिस ।
आवश्यक्ता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।


(इ) बाबु वा आमा मध्ये कुनै एकले जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको र अर्काको नेपाली नागरिकता प्राप्त गर्न अगावै मृत्यु भएको  वा सम्पर्क विहिन भएका व्यक्तिका सन्तानको हकमा थप :-


जन्मदर्ता प्रमाणपत्र ।
कुनै एकले जन्मको आधारमा प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र ।
बाबु वा आमाको मृत्यु भएको भए-मृत्युदर्ता प्रमाणपत्र ।
जन्मस्थान, नाता र नेपालमा स्थायी बसोबास गरेको व्यहोरा खुलेको स्थानीय तहको सिफारिस ।
बाबु वा आमा सम्पर्क विहिन भएको भए – सो  व्यहोरा खुलेको स्थानीय तहले गरिदिएको सिफारिस ।


बाबु वा आमाको मृत्यु भएको वा सम्पर्क विहीन भएको अनुसूची ७ ख बमोजिमको स्व-घोषणा ।

(ई) विदेशमा जन्मेको बाबुको पहिचान नभएको सन्तानको हकमा थप :-


नेपालको नागरिक आमाबाट विदेशमा जन्मेको हुनुपर्ने ।
नेपालमा स्थायी बसोबास गरिरहेको हुनुपर्ने ।
विदेशको राहदानी वा नागरिकता नलिएको ।
बाबुको पहिचान नभएको ।
सोह्र वर्ष उमेर पूरा भएको ।


 आवश्यक कागजात


जन्मदर्ता प्रमाणपत्र ।
आमाको नेपाली नागरिकताको प्रमाणपत्र ।
निजको जन्मसम्बन्धी मुलुक, स्थान र जन्मसम्बन्धी विवरण खुल्ने कागजात ।
नेपालमा स्थायी बसोबास गरेको र बाबुको पहिचान नभएको व्यहोरा खुल्ने स्थानीय तहको सिफारिस ।
विदेशी मुलुकको नागरिकता/राहदानी नलिएको भनी निज र निजको आमाले अनुसुची-७क बमोजिम गरेको स्वघोषणा ।
आवश्यकता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।




3

नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत-मन्त्रालय समक्ष सिफारिस गर्नु पर्नेको हकमा)

लाग्ने समय

१५-३५    दिन

शुल्क

राहदानीको लागि

रु. ५,०००।-

१० बर्ष उमेर

नपुगेकालाई

रु. २५००।- (५ बर्षको म्याद भएको)

हराएको, च्यातिएको,

केरमेट भइ पुनः बनाउदा

रु.१०,०००।–

नाबालकको हकमा

      रू ७५००।-

जिम्मेवार कर्मचारी/शाखा राहदानी शाखा (कोठा नं - ४०२)
गुनासो सुन्ने अधिकारी

नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको।
नेपालमा कुनै व्यवसाय गरि बसेको ।
अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको ।
सम्बन्धित वडा कार्यालयबाट भएको अनुसूची- ७  बमोजिमको सिफारिस ।
कम्तिमा १५ बर्ष सम्म नेपालमा बसोबास गरेको ।
नेपाली नागरिकलाई अङ्गीकृत नागरिकता दिने कानूनी व्यवस्था वा प्रचलन भएको  मुलुकको नागरिक भएको ।
असल चाल चलन भएको ।


मानसिक रुपले स्वस्थ्य भएको ।
4

नागरिकता सम्बन्धि सेवा (कर्मचारी परिवार )

लाग्ने समय

प्रमाण पुगेको दिन ।

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा (कोठा नं - ९)
गुनासो सुन्ने अधिकारी

जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षक र निजका परिवारको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिस ।
कार्यालय रहेको वडा कार्यालयबाट अनलाइन सिफारिस भएको अनुसूची फाराम -१
बाबु/आमाको नागरिकता प्रमाणपत्र।
 जन्म दर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र।
विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र।
कर्मचारी परिचय पत्र।
5

नागरिकता सम्बन्धि सेवा (नागरिकता प्रमाण-पत्रको प्रतिलिपि )

लाग्ने समय

प्रमाण पुगेको दिन ।

शुल्क
  • रु. १६।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।
जिम्मेवार कर्मचारी/शाखा नागरिकता प्रतिलिपी (कोठा नं - ७)
गुनासो सुन्ने अधिकारी





पूरानो, च्यातिएको, झुत्रो भएको वा हराएको नागरिकताको हकमा सो समेत। सक्कल नागरिकता नभएमा सो को फोटोकपी र सो समेत नभएमा मतदाता परिचय पत्र वा जग्गाधनी प्रमाण पत्र वा लाइसेन्स वा अन्य फोटो भएका प्रमाणहरु।


पतिको नाम राखेर प्रतिलिपि लिनुपर्दा:


विवाह दर्ता प्रमाणपत्र, पतिको नागरिकता र निजको सनाखत, पति उपस्थित नभएमा एकाघरका व्यक्तिको सनाखत र नाता खुल्ने कागजात,  
अन्य जिल्लाबाट बसाइ सराइ आएकोमा सो को प्रमाणपत्र, स्थायी   बसोबास खुल्ने जग्गाधनी दर्ता प्रमाण पूर्जा वा घरको नक्शा पास  प्रमाणपत्र वा मतदाता परिचय पत्र वा पानी, बिजुलीको बिल।


पतिको नाम हटाएर प्रतिलिपि लिनुपर्दा:


सम्बन्ध बिच्छेद भएकोमा सो को फैसला र सम्बन्ध बिच्छेद दर्ताको प्रमाण पत्र ।
माईतीपक्षका नाता खुल्ने व्यक्तिको सनाखत ।




6

नागरिकता सम्बन्धि सेवा (नागरिकता परित्याग सम्बन्धमा )

लाग्ने समय

प्रमाण पुगेको दिन ।

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा (कोठा नं - ९)
गुनासो सुन्ने अधिकारी

अनुसूचि-९ फाराम, फोटो सहित ।
सक्कल नागरिकता प्रमाणपत्र र सक्कल राहदानी ।
सम्बन्धित देशबाट प्राप्त स्थायी आवास अनुमतिपत्र


व्यक्ति स्वयंको उपस्थिती (विदेशस्थित कुटनीतिक नियोगबाट सिफारिस भई आएकोमा बाहेक) ।
7

नागरिकता सम्बन्धि सेवा (गैर आवासीय नागरिकताको प्रमाण पत्र )

लाग्ने समय

प्रमाण पुगेको दिन ।

शुल्क
  • रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।
जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा (कोठा नं - ९)
गुनासो सुन्ने अधिकारी

नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली, २०८० को अनुसुची-८ (ग) बमोजिम सम्बन्धित वडा कार्यालयको अनलाइन सिफारिस सहितको निवेदन ।
नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली (च) बमोजिमको शपथ गर्नुपर्नेछ २०८०, को अनुसुची-८ (घ) बमोजिमको प्रतिबद्धता पत्र र अनुसुची ८
बिदेशी मुलुकको नागरिकता प्रमाण पत्र वा नागरिक भएको प्रमाण।
सार्क सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण र उक्त मुलुकबाट लिएको राहदानी।
सम्बन्धित व्यक्तिले साविकमा नेपाली नागरिकता लिएको भए सो त्याग गरेको प्रमाण ।
निवेदकको आफ्नो बाबु आमा बाजे वा बज्यै नेपाली नागरिक रहेको प्रमाण सहित सनाखतको लागि उपस्थित हुनुपर्ने । यदि नजिकको नातेदार नभएमा निजलाई चिन्ने बुझ्ने नजिकको नातेदार वा नेपाली नागरिकबाट थप बुझी सनाखत गराउन सकिनेछ।
आवश्यकता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।
8

मुद्धा

लाग्ने समय

नियमानुसार

शुल्क
जिम्मेवार कर्मचारी/शाखा मुद्धा शाखा (कोठा नं - १४)
गुनासो सुन्ने अधिकारी




सि.नं.


सेवाको विवरण

 


आवश्यक पर्ने कागजात तथा प्रमाणहरु


लाग्ने समय



 
 
 
 



क) म्याद थप/ जरुरी पक्राउ पूर्जि समर्थन तथा पक्राउ अनुमति/ दर्ता/ बयान/ थुनछेक आदेश/ धरौटी/ म्याद जारी



पक्राउ गर्ने प्रहरी कार्यालयले बाटोको म्याद र सार्वजनिक विदा वाहेक २४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।
प्रमुख जिल्ला अधिकारीको आदेशानुसार अभियोगपत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तीमा १ घण्टा अगावै उपस्थित गराउनु पर्ने ।



 सोही दिन ।


प्रचलित कानून बमोजिम ।




ख) दर्ता/ बयान/   आदेश/       म्याद जारी



अभियोगपत्र र सो प्रमाणित गर्ने कागजात प्रमाणहरु ।



पेश भएको दिन


प्रचलित कानून बमोजिम ।




ग) थुनछेक ।



अभियोगपत्र र सो प्रमाणित गर्ने कागजात प्रमाणहरु ।


 


बयान सकिएको दिन ।


प्रचलित कानून बमोजिम ।




घ) साक्षी बुझ्ने/कागज गराउने/ बकपत्र ।



परिचय खुल्ने कागजात सहित साक्षी बकपत्र गर्ने व्यक्ति उपस्थित हुनुपर्ने ।



प्रतिवादी चुक्ता भएको १ महिनाभित्र


प्रचलित कानून बमोजिम ।




ङ) म्याद थप ।



म्याद थप गर्नुपर्ने कारण सहितको पत्र ।



सोही दिन ।


प्रचलित कानून बमोजिम ।




च) तारेख थाम्ने/ तारेखमा बोलाउने ।



तोकिएको ढाँचाको निवेदन / तारेख पर्चा ।



सोही दिन ।


प्रचलित कानून बमोजिम ।




छ) फैसला तयारी र फैसला ।



प्रमुख जिल्ला अधिकारीको आदेशानुसार ।



संक्षिप्त कार्यविधि ऐन अन्तर्गतको मुद्दामा प्रमाण पुगेको मितिले ९० दिनभित्र र सामान्य कार्यविधि अन्तर्गत प्रमाण पुगेको मितिले १ वर्षभित्र ।


प्रचलित कानून बमोजिम ।




ज) नक्कल लिने ।



नक्कल माग गर्ने निवेदन ।



निवेदन परेकै दिन ।


प्रचलित कानून बमोजिम ।




झ) कैफियत प्रतिवेदन ।



सम्बन्धित निकायको पत्र ।



३ दिन भित्र ।


प्रचलित कानून बमोजिम ।




ञ) दण्ड जरिवाना असूल गर्ने ।



प्रमुख जिल्ला अधिकारीको निर्णयानुसार ।



 


प्रचलित कानून बमोजिम




ट) विगो भराउने/दिलाउने ।



मुद्धाको अन्तिम किनारा भएको वा पुनरावेदनको म्याद अवधि नाघेको हुनुपर्ने ।
विगो भराउने/दिलाउने विषयको प्रमाण ।
पहिचान खुल्ने कागजात सहितको निवेदन ।



प्रक्रिया पुगेको दिन ।


प्रचलित कानून बमोजिम ।




ठ) धरौटी फिर्ता ।



यस कार्यालयको निर्णय चित्त बुझी पुनरावेदन नगर्ने भन्ने व्यहोराको धरौटी फिर्ता माग निवेदन ।
धरौटी जमानतको निस्सा ।


 


फैसला अन्तिम भएपछि निवेदन परेकै दिन ।


प्रचलित कानून बमोजिम ।




ड) सवारी दुर्घटनाका मृतकका

हकदार/घाईतेलाई औषधि उपचार, राहत र क्षतिपुर्ति दिलाई भराई दिने ।


मृतकका तर्फबाट:- दुर्घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, हकवालाको नागरिकता, मृत्युदर्ता प्रमाणपत्र, नाता प्रमाणित, जाहेरवाला र सम्बन्धित स्थानीय तहको सिफारिस ।

सवारीधनीका तर्फबाट:- सवारी धनी प्रमाणपत्र, बिमा अभिलेख, रकम बुझाउने व्यक्ति र निजको परिचय खुल्ने कागजात ।


प्रमाण पुगेको  दिन ।


प्रचलित कानून बमोजिम ।



9

उजुरी/गुनासो

लाग्ने समय

निवेदन परेकै दिन कारवाही शुरु भई प्रक्रिया पूरा भई आएको भोलिपल्टसम्ममा काम सम्पन्न हुने ।

शुल्क

कुनै दस्तुर नलाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी

रित पूर्वकको निवेदन ।
निवेदनलाई पुष्टी गर्न आवश्यक पर्ने सबुत प्रमाणहरु ।
10

भारतीय/ ब्रिटिश पेन्शन लगायत सिफारिस

लाग्ने समय

कागजात पूरा भएकै दिन ।

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी

रित पूर्वकको निवेदन ।
सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस  र  प्रमाणित पारिवारिक विवरण  ।
नागरिकता र पेन्सन पट्टा ।
आवश्यकता अनुसार प्रहरी प्रतिवेदन ।
11

आदिवासी, जनजाति/दलित/मधेसी सम्बन्धी सिफारिस

लाग्ने समय

प्रक्रिया पूरा भएपश्चात सोही दिन ।

शुल्क

कुनै दस्तुर नलाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी

सम्बन्धित वडा कार्यालयको सिफारिस ।
नागरिकताको प्रमाणपत्र।
विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र ।
बसाई सरी आएको हकमा बसाईसराई प्रमाणपत्र ।
12

नाबालक परिचय पत्र

लाग्ने समय

प्रक्रिया पूरा भएपश्चात सोही दिन ।

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी







अनुसूचि-१३ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट भएको  फारिस ।
बाबु/आमाको नागरिकता प्रमाणपत्र।
बाबु/आमाको विवाह दर्ता प्रमाणपत्र।
नाबालकको जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्र ।
बसाईसरी आएको हकमा: बसाई सराई प्रमाणपत्र एवं जग्गाधनी प्रमाणपत्र।
नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस ।
कानूनी संरक्षकद्वारा हुर्काईएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकता प्रमाणपत्र ।
अन्य तरिकाले हुर्केको भए सो व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस ।
विदेशमा जन्मेको भए सम्बन्धित देशबाट जारी भएको Birth Certificate एवं नेपाल आउदा प्रयोग भएको One way travel document र बच्चा लिएर आउने बाबु / आमाको राहदानी ।
कर्मचारी परिवारको हकमा नागरिकता लिँदा पेश गर्नु पर्ने कागजात सबै ।
सनाखतमा अनिवार्य रुपमा बाबु वा आमा उपस्थित हुनुपर्ने । सो नभएमा सनाखत गर्न आउने नातेदार संगको नाता प्रमाणित।
वडा कार्यालयको सिफारिसमा समावेश भएको फोटोसँग मिल्ने (३*२.५ साईजको) ५ (पाँच) प्रति फोटो






13

विष्फोटक पदार्थ र रासायनिक पदार्थ प्रयोग र इजाजत

लाग्ने समय

प्रमाण पुगेको दिन ।

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी




नयाँ इजाजत ।



रित पूर्वकको निवेदन ।
संस्था वा कार्यालयको सिफारिस पत्र ।
नागरिकताको प्रमाणपत्र ।
दस्तुर बुझाएको रसिद ।



प्रमाण पुगेको दिन ।




नवीकरण ।



रित पूर्वकको निवेदन ।
संस्था वा कार्यालयको सिफारिस पत्र
सक्कलै प्रमाणपत्र ।
अघिल्लो आ.व.को करचुक्ता प्रमाणपत्र ।
दस्तुर बुझाएको रसिद ।



प्रक्रिया पूरा भएपश्‍चात सोही दिन ।



14

राहदानी

लाग्ने समय
  • राहदानी विभागबाट ई-पासपोर्ट तयार भई आए पछि ।
  • सामान्यतया दरखास्त बुझाएको मितिले २० दिन ।
  • राहदानी फाराम अस्वीकृत भई आएमा वा राहदानी नै नआएमा सो को प्रक्रिया पुरा भएर राहदानी प्राप्त भए पश्चात
शुल्क
  • सामान्य रु. ५०००।-
  • हराएको/केरमेट भएको/कुनै तरिकाले बिगारेको/विदेशबाट एकपाने ट्राभल्स डकुमेण्डबाट फिर्ता आएकाको हकमा रु. १०,०००।-
जिम्मेवार कर्मचारी/शाखा राहदानी शाखा (कोठा नं - ४०२)
गुनासो सुन्ने अधिकारी

१६ वर्ष उमेर पुगेका नागरिकहरुको हकमा नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय-पत्र अनिवार्य।



नाबालकको हकमा नाबालक परिचयपत्र।
पहिले राहदानी लिएको भए सोको सक्कल ।
अन्य जिल्लाबाट बसाईँसराईँ/विवाह भई आउनेको हकमा बसाईँसराईँ   र विवाह दर्ता प्रमाणपत्र।
नागरिकता/नाबालक परिचयपत्रको अभिलेख रुजु भई मिलेको हुनुपर्ने।
कर्मचारी परिवारको हकमा सम्बन्धित निकायको सिफारिस र सम्बन्धित जिल्लाबाट  नागरिकताको अभिलेख रुजु भई आउनु पर्ने ।
विदेशमा राहदानी हराएको भए, Travel Document सक्कलै पेश गर्नु पर्ने ।
राजश्व तिरेको सक्कल र प्रतिलिपी ।
15

संघसंस्था दर्ता

लाग्ने समय

निवेदन परेकै दिन कारवाही शुरु भई प्रक्रिया पूरा भई आएको भोलिपल्टसम्ममा काम सम्पन्न हुने ।

(बालगृह संचालन र यातायातसँग सम्बन्धित संस्था दर्ता नवीकरण नहुने) साथै यस पछि नेपाल सरकारको निर्णयले दर्ता/नवीकरण रोक लगाएका संस्था दर्ता/नवीकरण हुने छैनन् ।

शुल्क

संस्था दर्ता दस्तुर रु. १०००।-

जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी

रित पूर्वकको निवेदन ।
संस्था दर्ता सम्बन्धी भेलाको निर्णयको प्रतिलिपी ।
तदर्थ समितिका सदस्यहरुले सहिछाप गरेको नेपाली कागजमा सक्कलै विधान-३ प्रति  ।
तदर्थ समितिका पदाधिकारीहरुको फोटो सहितको वैयक्तिक विवरण र नागरिकता प्रमाण पत्र ।
तदर्थ समितिको निर्णय, प्रहरी प्रतिवेदन, आवश्यकता अनुसार  सम्बन्धित निकायको राय ।
सम्बन्धित वडा र पालिकाको सिफारिसपत्र  ।
तदर्थ समितिका सदस्य बसाईसराई भई आएको भए बसाईसराई प्रमाणपत्र ।
तदर्थ समितिका सदस्यहरुले कार्यालयमा उपस्थित भई सनाखत गर्नुपर्ने।
गै.स.स. महांसघको सिफारिसपत्र ।
16

संस्था नवीकरण

लाग्ने समय

प्रक्रिया पुगेको दिन ।

शुल्क

नियमावलीमा तोकिए बमोजिम।

जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी

साधारण सभाको निर्णय प्रतिलिपि ।
सम्बन्धित वडा (गा.पा./न.पा.) को सिफारिस ।
संस्था दर्ता र अघिल्लो आ.व. को नवीकरण प्रमाण पत्रको प्रतिलिपी ।
अघिल्लो आर्थिक बर्षको करचुक्ता प्रमाणपत्र र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी ।



वैदेशिक सहयोग प्राप्त गरी कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरण गरेको सिफारिस पत्र ।
संस्थाको विधान संसोधनको हकमा साधारण सभाको निर्णय, स्वीकृत सक्कल विधान र  तीन प्रति तीन महले ।



जिल्लामा संस्थाको शाखा खोल्न कार्य समितिको निर्णय, विधानको प्रतिलिपि, दर्ता नवीकरण प्रमाण पत्रको प्रतिलिपि ।
कार्य समितिका सदस्यहरुको चालचलन प्रतिवेदन ।
नयाँ कार्य समितिको नागरिकता प्रमाणपत्रको सक्कल/प्रतिलिपी र सनाखत ।
17

हातहतियार (दर्ता /नविकरण/नामसारी/प्रतिलिपी)

लाग्ने समय

निवेदन परेकै दिन / प्रक्रिया पुगेपश्चात तुरुन्त

शुल्क
जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी




दर्ता/ईजाजतपत्र(हाल स्थगन)


अनुसूची १ (क) र (ख) फाराम ।
हकदार खुल्ने कागज ।
हातहतियार खरखजानाको अनुमतिपत्र ।
नागरिकताको प्रमाणपत्र (सम्बन्धित व्यक्तिहरुको)।
निवेदकको निगोरिकताको प्रमाण पत्र र प्रहरी प्रतिवेदन ।
दुई पक्षबीचको नामसारी सम्बन्धी कागजात ।





नामसारी


नवीकरणको लागि रित पूर्वकको निवेदन ।
प्रहरी कार्यालयबाट हतियार रुजु भई आएको फाराम ।
लाइसेन्स बुक ।
सक्कल इजाजत पत्र ।
राजस्व बुझाएको प्रमाण ।




नविकरण

रित पूर्वकको निवेदन ।
नागरिकता र ईजाजतपत्रको प्रतिलिपी ।
हराएको हकमा प्रहरीको सिफारिसपत्र ।


प्रतिलिपी


रित पूर्वकको निवेदन ।
नागरिकता र ईजाजतपत्रको प्रतिलिपी ।
हराएको हकमा प्रहरीको सिफारिसपत्र ।


 

 



18

दैवीप्रकोप (अस्थायी र निजी आवास- प्रवलीकरण समेत )

लाग्ने समय

प्रक्रिया पुगेपश्चात तुरुन्त

शुल्क

दस्तुर नलाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा नरहरी खनाल - लेखा शाखा (कोठा नं - ५)
गुनासो सुन्ने अधिकारी

स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय ।
सम्बन्धित गा.पा./न.पा.को सिफारिस ।
प्रहरी प्रतिवेदन/मुचुल्का ।
 परिचय खुल्ने कागजात ।
विपद् पोर्टलमा प्रविष्टी भएको विवरण ।
19

पत्रपत्रिका दर्ता

लाग्ने समय

प्रक्रिया पूरा भएपश्चात सोही दिन ।

शुल्क
  • दैनिक पत्रिका रु. १०००/–

  • अर्ध साप्ताहिक रु. ७००/–

  • साप्ताहिक रु. ५००/–

  • पाक्षिक रु. ३००/– तथा मासिक र अन्य पत्रिका रु.२००/-

जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी





तोकिएको ढाँचामा निवेदन प्रकाशकको ४ प्रति फोटो र नागरिकता प्रमाणपत्र ।
प्रकाशक कुनै संस्था भए संस्थाको सम्पूर्ण कागज प्रमाण (प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट) संचालकहरुको वैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु र संस्थाको छाप ।
संचालकहरु सबैको नागरिकताको प्रमाणपत्र ।
सम्पादकको नागरिकताको प्रमाणपत्र।
सम्पादकको शैक्षिक योग्यताको (एस एल सी/एस इ इ देखि स्नातक सम्मको ) मार्कसिट चारित्रिक प्रमाण पत्र र प्रोभिजनल सर्टफिकेट वा एस एल सी/एस इ इ उत्तीर्ण गरी पत्रकारितामा १० बर्ष कार्य गरेको अनुभव र सूचना बिभागको प्रमाण पत्र।
सम्पादकलाई प्रकाशकले नियुक्त गरेको नियुक्ति पत्र तथा पत्रिकामा सम्पादक भइ काम गर्न सम्पादकको मन्जुरीनामा कागज।
स्विकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिस।
जिल्ला प्रशासन कार्यालयबाट छापाखानालाई दिएको स्विकृति।
छापाखानाले कर तिरेको प्रमाण।
प्रहरी प्रतिवेदन।




20

छापाखाना सञ्चालन

लाग्ने समय

प्रक्रिया पूरा भएपश्चात सोही दिन ।

शुल्क

रु. १०००/–

जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी

छापाखाना दर्ता प्रमाण पत्र ।
रित पूर्वकको निवेदन कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि ।
 स्वीकृत विधान तथा अन्य प्रमाणको फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो ।
मुल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नवीकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
छापाखाना संचालन गर्नेको नागरिकताको प्रतिलिपि ।
छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि,घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज र छापाखाना रहने स्थानको लोकेशन नक्सा ।
छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसाारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि ।
संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन ।
21

शान्ति सुरक्षा तथा ठाडो उजुरी

लाग्ने समय

सोही दिन ।

शुल्क
जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी

मनासिव व्यहोरा खुलेको निवेदन ।
सम्बन्धित निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
22

शैक्षिक योग्यताको प्रमाण पत्रमा नामथर, उमेर फरक परेकोमा सो सच्याउने

लाग्ने समय

निवेदन परेकै दिन ।

शुल्क

कुनै शुल्क नलाग्ने।

जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी
नाम थर, उमेर सम्बन्धीः

विवरण फरक परेको प्रमाण पत्र (नागरिकता प्रमाण पत्र/ जन्म दर्ता प्रमाण पत्र) ।


शैक्षिक योग्यताको  प्रमाण पत्र ( एस एल सी/एस इ इ वा कक्षा १२) ।
शिक्षा विकास तथा समन्वय ईकाई  र सम्बन्धित शैक्षिक संस्थाको सिफारिस पत्र ।
फोटो प्रमाणित सहित सम्बन्धित वडा (गा.पा./न.पा.) को सिफारिसपत्र ।
सम्बन्धित व्यक्तिको वडा सिफारिस बमोजिमको २ प्रति पासपोर्ट साइजको फोटो ।
आवश्यकता अनुसार प्रहरी सर्जमिन ।


नोट: शैक्षिक योग्यताको प्रमाण पत्र जारी भएको ५ वर्ष भित्र संशोधनको लागि निवेदन दिइसक्नु पर्नेछ
23

राष्ट्रिय परिचय-पत्र र संशोधन

लाग्ने समय

निवेदन परेकै दिन ।

शुल्क

कार्ड जारी भैसकेको हकमा रु ५००।-

जिम्मेवार कर्मचारी/शाखा राष्ट्रिय परिचय पत्र शाखा (कोठा नं - १०, ११ र १२)
गुनासो सुन्ने अधिकारी

सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल प्रमाण पत्र ।
विवाह भएको भए सक्कल विवाह दर्ता प्रमाण-पत्र वा नाता खुल्ने प्रमाण (श्रीमतीको नागरिकता प्रमाणपत्र) ।
पति/पत्नीको नेपाली नागरिकताको सक्कल प्रमाण-पत्र ।
बसाईँ सरी आएको भए बसाईँसराई  सक्कल प्रमाण-पत्र र जग्गाधनी प्रमाण पूर्जा ।
नागरिकतामा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र ।
पति वा पत्नीको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाणपत्र ।
वि.सं. २०८० माघ पछि जन्मदर्ता गरेको वा प्रतिलिपि लिएको भएमा सक्कल जन्मदर्ता प्रमाणपत्र अनिवार्य हुने ।
अन्य जिल्लाको हकमा नागरिकताको अभिलेख समेत ।


संशोधनको हकमा :-


संशोधन गर्नु पर्ने विषय सहितको निवेदन ।
राष्ट्रिय परिचयपत्र कार्ड आईसकेको हकमा:  रु ५००/-तिरेको बैक भौचर ।


कार्ड जारी भई नसकेको भएमा: कार्यालयले जारी गरेको राष्ट्रिय परिचयपत्र सक्कल कागज वा सक्कल नागरिकता ।
24

RPA/DRONE (Category “A” र “B”) उडान (२०० फिट सम्मको) अनुमति

लाग्ने समय

प्रक्रिया पुगेको दिन ।

शुल्क

तोकिए बमोजिम ।

जिम्मेवार कर्मचारी/शाखा राजु शर्मा - प्रसाशन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी

उडानको स्पष्ट उद्देश्य, उडान गर्न चाहेको क्षेत्र र स्थान, उडान शुरु र सम्पन्न गर्ने अवधि खुलेको निवेदन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा उपकरण दर्ता गरेको प्रमाणपत्र र प्राधिकरणको उडान सहमतिपत्र ।
RPA उडान गर्ने व्यक्तिको वायोडाटा, नागरिकता वा राहदानी ।
शर्त पालना (कार्यविधिमा उल्लेखित अन्य प्रावधान) सम्बन्धि उडानकर्ताको प्रतिबद्धता ।
विदेशी व्यक्ति वा संस्थाको हकमा थप
व्यक्ति वा संस्थालाई दिइएको अधिकारपत्र ।
मान्य अवधि बांकी रहेको भिसा ।
पछिल्लो अपडेट गरिएको : 2083-02-20 10:28:14

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक .