न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी 2080-12-26

राहदानी सम्बन्धी सम्पर्कका लागि:

फोन नं.०११-४९०२२३

सम्पर्क व्यक्ति:

                          राजेन्द्र सापकोटा (मो.९८४९३०५६५८)

                  ईमेल- daokavre@gmail.com

राहदानी सम्बन्धि महत्वपूर्ण जानकारी


विद्युतिय राहदानीको अनलाइन अग्रिम दर्ता निवेदन फारम (Online Pre-enrollment Form ) साथ राहदानी विभागमा लाइभ इनरोलमेन्ट केन्द्रमा उपस्थित हुँदा देहाएका अपलोड गरेका कागजहरु साथैमा लिएर आउनु पर्नेछ ।

a) नाबालकको हकमा पहिलो पटक राहदानी बनाउनको लागि

i) नाबालक परिचयपत्र सक्कल

ii) नाबालक परिचयपत्रवाहकको तस्बिर सहितको जिल्ला प्रमाणिकरण पत्र

ii) आमाबाबुको नागरिकता प्रमाणपत्र सक्कल

iv) आमाबाबुको विवाह दर्ता प्रमाणपत्र

b.) नाबालकको राहदानी नवीकरणको लागिः

i) नाबालक परिचयपत्र सक्कल

ii) नाबालक परिचयपत्रबाहकको तस्विर सहितको जिल्ला प्रमाणीकरण पत्र (पुरानो पासपोर्ट नेपालबाट गनेको हकमा जिल्ला प्रमाणीकरण आवश्यक नपर्ने )

iii) नाबालकको पुरानो राहदानी

(iv) आमाबाबुको नागरिकता प्रमाणपत्र सक्कल

v) आमाबाबुको विवाह दर्ता प्रमाणपत्र

(१० वर्ष मुनिका नाबालकको हकमा ५ वर्षको अवधि मान्य रहेको ई-पासपोर्ट जारी गरिनेछ। १०-१६ वर्षको नाबालकको हकमा सो अवधि १० वर्ष हुनेछ)

(c) १६ वर्ष भन्दा माथि उमेर भएका नेपाली नागरिकको हकमा पहिलो पटक राहदानी बनाउनको लागि

i) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र

ii) राष्ट्रिय परिचयपत्रको नम्बर खुलेको प्रमाणपत्र

(यसअधि हस्तलिखित राहदानी भएको भए यसैअनुरूप पहिलो पटक राहदानी बनाउने प्रक्रिया मात्र पुरा गर्ने)

(d) १६ वर्ष भन्दा माथि उमेर भएका नेपाली नागरिकको हकमा राहदानी नवीकरणको लागि

i) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र

ii) राष्ट्रिय परिचयपत्रको नम्बर खुलेको प्रमाणपत्र

iii) यसअघिको यन्त्रवाचक/ विद्युतीय राहदानी लिएको भए सो को सक्कल ।

थप जानकारी

> पतिको थर हटाउनु पर्ने भएमा सम्बन्ध विच्छेदको प्रमाण |

> शैक्षिक प्रमाणपत्र अनुसार नाम र जन्म मिति कायम गर्नु पर्ने भए सोको प्रमाण पत्रको सक्कल |

> हालको राहदानीको सट्टामा नयाँ राहदानीमा थर परिवर्तन गर्न आवश्यक भएमा जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयको सक्कल चिठ्ठी ।

> विवाहित महिला निवेदकले पतिको थर कायम गरी राहदानी लिन चाहेमा विवाहदर्ता प्रमाणपत्रको सक्कल ।


पछिल्लो अपडेट गरिएको : 2083-01-09 13:23:40

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक .