न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता सम्बन्धि सेवा (गैर आवासीय नागरिकताको प्रमाण पत्र )

शुल्क

  • रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।


लाग्ने समय

प्रमाण पुगेको दिन ।

कागजातहरु

  • नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली, २०८० को अनुसुची-८ (ग) बमोजिम सम्बन्धित वडा कार्यालयको अनलाइन सिफारिस सहितको निवेदन ।
  • नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली (च) बमोजिमको शपथ गर्नुपर्नेछ २०८०, को अनुसुची-८ (घ) बमोजिमको प्रतिबद्धता पत्र र अनुसुची ८
  • बिदेशी मुलुकको नागरिकता प्रमाण पत्र वा नागरिक भएको प्रमाण।
  • सार्क सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण र उक्त मुलुकबाट लिएको राहदानी।
  • सम्बन्धित व्यक्तिले साविकमा नेपाली नागरिकता लिएको भए सो त्याग गरेको प्रमाण ।
  • निवेदकको आफ्नो बाबु आमा बाजे वा बज्यै नेपाली नागरिक रहेको प्रमाण सहित सनाखतको लागि उपस्थित हुनुपर्ने । यदि नजिकको नातेदार नभएमा निजलाई चिन्ने बुझ्ने नजिकको नातेदार वा नेपाली नागरिकबाट थप बुझी सनाखत गराउन सकिनेछ।
  • आवश्यकता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा
(कोठा नं - ९)

पछिल्लो अपडेट गरिएको : 2083-02-20 10:28:14

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक .