Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत)

शुल्क

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।



लाग्ने समय

प्रमाण पूरा भएकै दिन

कागजातहरु

(अ) नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाको हकमा :-

  • सम्वन्धित वडा कार्यालयको  अनलाइन सिफारिस भएको अनुसूची फाराम -७ ।
  • जन्म मिति र जन्म स्थान खुल्ने कागज प्रमाण ।
  • बाबु र आमाको सम्बन्धित देशको पहिचान खुल्ने प्रमाणपत्र।
  • पतिको नागरिकता प्रमाण पत्र र विवाह दर्ता प्रमाण पत्र।
  • विदेशी नागरिकताको प्रमाण पत्र त्याग गर्न कारवाही चलाएको प्रमाण र शपथ पत्र।
  • नेपालको भिसा आवश्यक पर्ने विदेशी मुलुकको नागरिक भएमा  भिसाको म्याद कायम रहेको निस्सा  ।
  • पतिको सनाखत । पति नभएमा नाता भिड्ने नजिकको नातेदार सासु/ ससुरा/देवर वा जेठाजुको सनाखत । सनाखत गर्ने व्यक्ति संगको नाता प्रमाणित।
  • आवश्यक देखिएमा वडा र प्रहरीको सर्जमिन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।

  (आ) विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा थप :-

  • सम्वन्धित वडा कार्यालयको  अनलाइन सिफारिस भएको अनुसूची फाराम -७ ।
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्र ।
  • जन्म दर्ता प्रमाण पत्र र शैक्षिक योग्यताको प्रमाण पत्र।
  • नेपालमा स्थायी बसोबास गरेको खुल्ने सम्वन्धित वडा कार्यालयको  सिफारिस ।
  • बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता नलिएको भनी निज र निजको आमाले गरेको- अनुसूची ‘७ क’ बमोजिमको स्वघोषणा ।
  • आमाको मृत्यु भएकोमा मृत्युदर्ता प्रमाणपत्र
  • आमाको होस ठेगान नभएको अवस्थामा स्विकृत चिकित्सकले गरेको सिफारिस ।
  • आवश्यक्ता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।

(इ) बाबु वा आमा मध्ये कुनै एकले जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको र अर्काको नेपाली नागरिकता प्राप्त गर्न अगावै मृत्यु भएको  वा सम्पर्क विहिन भएका व्यक्तिका सन्तानको हकमा थप :-

  • जन्मदर्ता प्रमाणपत्र ।
  • कुनै एकले जन्मको आधारमा प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र ।
  • बाबु वा आमाको मृत्यु भएको भए-मृत्युदर्ता प्रमाणपत्र ।
  • जन्मस्थान, नाता र नेपालमा स्थायी बसोबास गरेको व्यहोरा खुलेको स्थानीय तहको सिफारिस ।
  • बाबु वा आमा सम्पर्क विहिन भएको भए – सो  व्यहोरा खुलेको स्थानीय तहले गरिदिएको सिफारिस ।

बाबु वा आमाको मृत्यु भएको वा सम्पर्क विहीन भएको अनुसूची ७ ख बमोजिमको स्व-घोषणा ।

(ई) विदेशमा जन्मेको बाबुको पहिचान नभएको सन्तानको हकमा थप :-

  • नेपालको नागरिक आमाबाट विदेशमा जन्मेको हुनुपर्ने ।
  • नेपालमा स्थायी बसोबास गरिरहेको हुनुपर्ने ।
  • विदेशको राहदानी वा नागरिकता नलिएको ।
  • बाबुको पहिचान नभएको ।
  • सोह्र वर्ष उमेर पूरा भएको ।

 आवश्यक कागजात

  • जन्मदर्ता प्रमाणपत्र ।
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्र ।
  • निजको जन्मसम्बन्धी मुलुक, स्थान र जन्मसम्बन्धी विवरण खुल्ने कागजात ।
  • नेपालमा स्थायी बसोबास गरेको र बाबुको पहिचान नभएको व्यहोरा खुल्ने स्थानीय तहको सिफारिस ।
  • विदेशी मुलुकको नागरिकता/राहदानी नलिएको भनी निज र निजको आमाले अनुसुची-७क बमोजिम गरेको स्वघोषणा ।
  • आवश्यकता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता प्रतिलिपी
(कोठा नं - ७)

गुनासो सुन्ने अधिकारी
लिला कुमारी के.सी.पाण्डे
पछिल्लो अपडेट गरिएको : 2083-04-08 17:39:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक