संघसंस्था दर्ता
Charge (English)
संस्था दर्ता दस्तुर रु. १०००।-
Duration (English)
निवेदन परेकै दिन कारवाही शुरु भई प्रक्रिया पूरा भई आएको भोलिपल्टसम्ममा काम सम्पन्न हुने ।
(बालगृह संचालन र यातायातसँग सम्बन्धित संस्था दर्ता नवीकरण नहुने) साथै यस पछि नेपाल सरकारको निर्णयले दर्ता/नवीकरण रोक लगाएका संस्था दर्ता/नवीकरण हुने छैनन् ।
Documents
- रित पूर्वकको निवेदन ।
- संस्था दर्ता सम्बन्धी भेलाको निर्णयको प्रतिलिपी ।
- तदर्थ समितिका सदस्यहरुले सहिछाप गरेको नेपाली कागजमा सक्कलै विधान-३ प्रति ।
- तदर्थ समितिका पदाधिकारीहरुको फोटो सहितको वैयक्तिक विवरण र नागरिकता प्रमाण पत्र ।
- तदर्थ समितिको निर्णय, प्रहरी प्रतिवेदन, आवश्यकता अनुसार सम्बन्धित निकायको राय ।
- सम्बन्धित वडा र पालिकाको सिफारिसपत्र ।
- तदर्थ समितिका सदस्य बसाईसराई भई आएको भए बसाईसराई प्रमाणपत्र ।
- तदर्थ समितिका सदस्यहरुले कार्यालयमा उपस्थित भई सनाखत गर्नुपर्ने।
- गै.स.स. महांसघको सिफारिसपत्र ।
