Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kavrepalanchok

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kavrepalanchok

Saturday, Ashadh 06, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

जिल्लाको परिचय

ऐतिहासिक परिचय :

                विश्वका विभिन्न क्षेत्रहरूमा पाषाण युगीन मानव फैलिएर रहेका थिए । विभिन्न क्षेत्रहरूको अध्ययनबाट यस क्षेत्रमा पनि नव पाषण कालिन सभ्यताको विकास भएको बुझिन्छ । नेपालमा लाखौं वर्ष अघि मध्ये पहाडी उपत्यकाहरूमा प्राग मानवहरूको बसोवास रहेका विभिन्न प्रमाणहरू पाइएका छन् । काठमाण्डौको बुढानीलकण्ठको दक्षिण पूर्व धोवी खोलामा प्राप्त ढुङ्गे हतियारहरू विश्वमा अन्य देशमा पाइने प्राग मानवहरूले प्रयोग गर्दै आएका हतियारहरूसँग मिल्दाजुल्दा रहेका थिए । काभ्रेपलाञ्चोक, चरिकोट, लुभु लगायत स्थानहरूमा ढुङ्गे हतियार (बज्रढुङ्गा) फेलापरेबाट आदिम मानवको उपस्थिति यस भेगमा रहेको देखिन्छ ।

प्राचिन कालमा गोपालवंशी शासकहरूको राज्यको सिमाना पूर्वमा दुधकोशी र पश्चिममा त्रिशुली नदीसम्म रहेको थियो भने उत्तरमा गोसाईकुण्ड र दक्षिणमा चित्लाङसम्म फैलिएको इतिहासमा उल्लेख भएको पाइन्छ । हालको काभ्रेपलाञ्चोकपलाञ्चोक जिल्लामा त्यतिबेला गोपालवंशीहरूले शासन गर्दथे भन्ने पुष्टी हुन आउँछ ।

काभ्रेपलाञ्चोक जिल्लाका केही ऐतिहासिक स्थानहरू साँगाको पुरानो नाम शङ्गा’ खोपासीलाई कुर्पासीु, नालालाई नालङ्क बनेपालाई भुजङ र वल्पो पलाञ्चोकलाई  पिराखचो भन्ने गरिन्थ्यो । यी स्थानको नामाकरण किराँत शब्दबाट भएको देखिन्छ । यसबाट के पुष्टि हुन्छ भने गोपालवंशीहरूलाई हटाई किराँतहरूले नेपालको शासन चलाए सँगै यी क्षेत्रहरूमा पनि किराँतहरूको शासन कायम रहेको थियो ।

कमलपाणीद्वारा लिखित आयोस्निसविजयनामधारणी ग्रन्थमा बि.सं. ११५६ तिर धुलिखेलको सैनिक प्रशासन सामन्त रामदेवले गरेको देखिन्छ । त्यस्तै इतिहास अनुसार बि.सं. १२०७ मा बनेपाका सातगाउँ भुकम्पमा ध्वस्त भएपछि नेपालका राजा आनन्ददेव (शिवदेवका सन्तान) ले पुन निर्माण गरेको उल्लेख छ । बि.सं. १२८९ मा पलाञ्चोकका शासक उदयसिंहदेवले विद्रोह गरी नेपाल राज्यबाट स्वतन्त्र हुन खोजेकोले त्यतिबेलाका शासक अभय मल्लले उक्त विद्रोहलाई दबाउन बनेपा, फर्पिङ, नुवाकोटका शासकहरूको सहयोग लिएका थिए भन्ने इतिहासमा उल्लेख छ ।

बाह्रौं शताब्दिको अन्त्यतिर नेपालको राजनीतिमा एकान्तर शासन प्रणालीको शुरूवात भएको पाइन्छ । यस समयमा भोटान्त प्रदेशका शासकहरूले नेपालको शासन प्रणालीमा प्रभाव राखेका थिए । यिनीहरूको बनेपा दछुटोलमा (लाय्कु) वसन्तपुर नाम गरेका दरवार रहेको थियो । यहाँका शासक भने नेपालका तत्कालिन राजा आनन्ददेवले भक्तपुरमा बनाएको त्रिपुर दरवार (पछि पचपन्न झ्याले दरवारमा परिणत भएको) मा बस्ने गर्दथे । यि वंशका ६ जना राजाहरू (रणदेव, जयदेव, जयभिमदेव, जयआनन्ददेव, जयराजदेव र जय अर्जुनदेव) बि.सं. १२३७ देखी १४३८ सम्मको अवधिमा नेपालको राजा भएको उल्लेख छ ।

राजा जयभिमदेवको पालामा इ. १२६० मा बनेपा (वल्पो) का अरनिको ८० जना कलाकार सहित तिब्बती सरकारको अनुरोधमा तिब्बत पुगेका थिए । पछि उनी त्यहींबाट परिवार सहित चीन पुगे । अरनिकोको कारणले नेपाल र चीन बीचको सम्बन्ध सुमधुर रहेको थियो । अरनिको चीन गएपछि चीनबाट धेरै पटक नेपालमा चिनियाँ प्रतिनिधिमण्डलले भ्रमण गरेका थिए । यक्षमल्लको मृन्यु (वि.सं. १५३८) पछि नेपाललाई चार राज्यमा विभाजन गरी उनका छोराहरूले शासन सञ्चालन गरेका थिए । बनेपाका राजा उनका माहिला छोरा रण मल्ल रहेका थिए । त्यतिवेला बनेपाको सिमाना पुर्वमा दुधकोशी, पश्चिममा साँगा भञ्ज्याङ्ग, उत्तरमा साँगाचोक र दक्षिणमा मेदिनी मल्लको वन (हालको महाभारत क्षेत्र) रहेको थियो । रणमल्लको मृत्य पश्चात बनेपा पुनः भक्तपुरमा नै गाभिएको थियो । शाह शासनकालको उदय पश्चात बि.सं. १८०३ भाद्र १८ गते गोरखा र भक्तपुरको संयुक्त फौजले साँखु, चाँगु, महादेवपोखरी र नाल्दुम कब्जा गरी दोलखासम्मका कान्तिपुरका प्रदेशहरू जिति भक्तपुरका राजालाई दिएका थिए ।

                यी प्रदेश जयप्रकाश मल्ल राजगद्दीमा फर्केपश्चात कान्तिपुरले नै लिएको थियो । पछि बि.सं १९११ मा भने यि प्रदेशहरू गोरखाले नै लिएको थियो । पृथ्वी नारायण शाहले भक्तपुरको कब्जा (बि.सं. १८२६ मार्ग १४) गरे पश्चात बनेपा पनि बृहत नेपालमा गाभिन पुग्यो । करिव १५०० ई.पू. देखि ८८० ई सम्मको अवधिमा यस क्षेत्रमा मानव सभ्यता फष्टाएको पाइन्छ । यस भेगमा प्राचिन शिवलिङ्गहरु पाइनाले शैव धर्मका अनुयायी गोपालहरु पनि थिए भन्न सकिन्छ । दुम्जामा आश्रम भएका ने मुनि यस जिल्लावाट साँखु हुँदै काठमाण्डौं पुगेका थिए । त्यतिवेला काठमाण्डौमा आदिवासी नाग जातिहरु राज्य गर्दथे । यि मुनि गोपालवंशीहरुका पुरोहित रहेका थिए । दक्षिण तिरवाट आएका गोपालवंशीहरु र आदिवासीहरु बीच युद्ध म्ष्कतष्चअत एचयाष्भि, प्बखचभउबबिलअजयधप द्दण्ठद्ध ज्ञज्ञ जिल्ला वस्तुगत विवरण, काभ्रेपलाञ्चोकपलाञ्चोक, २०७४ भए पश्चात गोपालवंशीका सरदारको मृत्यु भयो तर यिनीहरुले गोपालवंशीहरुलाई युद्धमा हराएका थिए । र त्यसपछि उनै गोपालवंशी सरदारका छोरा भुक्तमानलाई राजा वनाएका थिए । त्यस्तै त्रेतायुगमा गौतम ऋषिकी पत्नी अहिल्यासँग इन्द्रले आफ्नो भेष बदली यौनसम्पर्क गरेका कारण गौतम ऋषिको श्राप “सहस्र भग भवः” (हजार योनीका होउ) बाट प्रायश्चित गर्न बिरुपाक्ष साँगा, मण्डन, पनौती, बनेपामा आएको जस्ता कथा नेपाल महात्म्यमा उल्लेख छ ।

                त्यस्तै किराँतकाल (११०० ई.पू.–३०० ई.पू.)मा बनेपा सातगाउँ र मण्डन भेगमा किराँतहरु थिए । मण्डन चारदेवीको राईवारीमा किराँतहरुको दरवार रहेको भन्ने किम्वदन्ती रहेको छ । बनेपाकी चण्डेश्वरी त्यतिवेलाकी नाग कविलाकी राजकुमारी थिइन् भन्ने जनश्रृति पाइन्छ । चण्डासुरले भगवान शिववाट पुरुष शक्तिवाट नमर्ने वरदान पाएपश्चात उसले तिनैलोक माथी बिजय प्राप्त ग¥यो । युद्धमा हारेका स्वर्गका राजा इन्द्रलगायत देवताहरुले बनेपा स्थित रक्त चन्दनको जंगलमा गई चण्डेश्वरी माताको प्रार्थना गर्न थाले । स्वर्गका राजा इन्द्र लगायत देवताहरु तपस्या गर्न थालेको थाहा पाई चण्डासुर त्यहीं आइपुग्यो तर देवताहरु बिभिन्न चराको रुप लिएर त्यहाँबाट आकाशतर्फ उडे । त्यतिनै बेला एक राक्षसले जङ्गलमा एक सुन्दरी देखेको चण्डासुरलाई जानकारी गरायो । चण्डासुरले सुन्दरीलाई नदेखेपछि आफुसँंग भएको खड्गले एक रक्तचन्दनको रुख काट्यो । त्यो देखी रिसाई चण्डेश्वरी उत्पत्ति भई सो चण्डासुर राक्षसलाई मारिन् । तत् पश्चात चण्डेश्वरी मातालाई स्थानीयबासीहरुले रक्षकको रुपमा मान्दै आएको पाइन्छ । त्यस्तै ललितपुरका हरिसिद्धि देवी बनेपामा चाडमा पाहुना लाग्न बनेपा आएको बेलामा चण्डेश्वरी देवीकी छोरीलाई खाइदिएकाले हाल पनि ललितपुरकोहरिसिद्धिका मानिसहरु बनेपा र बनेपाका मानिसहरु ललितपुरकोहरिसिद्धि नजाने चलन रहेको छ ।

आधुनिक कालमा भने काभ्रेपलाञ्चोक जिल्ला केवल सैनिक प्रशासनको इलाका मात्र रहन गयो । यहाँका खत्री, बस्नेत, कार्की, थापा, आदि तथा उप्रेती, र खरेल जस्ता ब्राम्हण पनि सैनिक अधिकारी रहेका थिए । युद्धमा खुराकी एवं रसद पानीको लागि सहयोग गर्ने पाण्डे, पन्त, मैनाली, अधिकारी, नेपाल, सापकोटा, सेंढाई, उप्रेती, खरेल आदिले बिर्ताहरु पाउनुका साथै सैनिक तथा प्रशासन सेवामा जागीरको साथै पुरेत बन्ने मौका पनि पाएका थिए ।अंग्रेजसंगको युद्ध पश्चात सन्धीका लागि नेपालतर्फवाट खटिने मुख्य व्यक्ति चन्द्रशेखर काभ्रेपलाञ्चोकपलाञ्चोकका थिए । कोत पर्व पश्चात कुपण्डोलमा बनेपा बुडोलका एकजना खत्री थरका सैनिक राणाद्वारा मारिएका थिए । त्यतिवेला उक्त मारिने सैनिकका छोरा दाप्चाको किल्लामा सैनिक अधिकारी रहेका थिए । पछि गल्तीले मारिएका भन्दै छोरालाई दाप्चावाट बोलाउदा यिनी पनि मारिने आशंकामा राणाको हातवाट मर्नुभन्दा आफै मर्नु बेस भनी आफ्नै खुकुरीले सेरिएर आत्महत्या गरेका थिए ।

यस जिल्लामा पनि राणा विरोधी व्यक्तिहरु सामाजिक र शैक्षिक जागरणका काममा सहभागी हुँदै गएका थिए । अनेकोटका कृष्णप्रसाद खतिवडा (जिल्लाका प्रथम बी.ए.) १९२५ इ. (८२ सालको पर्व) को पुस्तकालय पर्वमा हस्ताक्षर गरेवापत दण्डमा परेका थिए । शहिद गंगालालले इ.सं. १९३७ मा बनेपामा महावीर विद्यालयको उद्घाटन गरेका थिए । राजनैतिक शिक्षा समेत दिईने उक्त विद्यालयमा गंगालाल, शुक्रराज, दशरथ चन्द, चिनियालाल, फत्तेबहादुर, गणेशबहादुर, इन्द्रमान आदि शिक्षक रहेका थिए । १९४० भएको शहीद काण्ड पश्चात यो विद्यालय बन्द भएको थियो । त्यसपछि यस क्षेत्रमा धेरै विद्यालयहरु खोलिएका थिए । जिल्लाका व्यक्तित्व हंसराज क्षेष्ठ राजनीतिक गतिविधिमा सक्रिय भएको अभियोग लागी दुईपटक पक्राउ पनि परेका थिए । राणा विरोधी गतिविधिहरु सञ्चालन गर्ने, आश्रयस्थल र प्रशिक्षण केन्द्रको रुपमा समेत प्रयोग गरिएको पाइन्छ । २००७ सालको आन्दोलनमा सिन्धुली देखि काठमाण्डौ सम्म हतियार पु¥याउने मार्गको रुपमा रहेको थियो भने केही युवा हरु मुक्ति सेनामा समेत लागेका थिए । उक्त क्रान्तीको बेला बनेपा सातगाउँ मुख्य केन्द्रको रुपमा रहेको थियो भने पाँचखाल, पलाञ्चोक, दाप्चा, मंगलटार आदि स्थानले पनि महत्वपुर्ण योगदान पु¥याएको पाइन्छ ।

जिल्लाको नामाकरण:

बि.सं. २०१८ सालको प्रशासनिक विभाजन पूर्व यस जिल्लाका भू–भागहरू पूर्व १ नं. क्षेत्र अन्तरगत पर्दथ्यो । इतिहास अनुसार पूर्व १ नं. क्षेत्रमा २८ मौजाहरू रहेका थिए जसको सदरमुकाम चौतारा रहेको थियो । ति मौजाहरू मध्ये काभे्र र पलाञ्चोक दुई ठुला मौजाहरू अन्तर्गतका गाउँहरूलाई मिसाई काभ्रेपलाञ्चोकपलाञ्चोक जिल्लाको नामाकरण गरिएको थियो ।

जिल्लाको भौगोलिक अवस्थिीति:

  बागमती प्रदेशमा पर्ने काभ्रेपलाञ्चोकपलाञ्चोक जिल्ला मध्यपुर्वी पहाडी भु–भागमा अवस्थित जिल्लाहरु मध्ये एक हो ।  जिल्लाको सदरमुकाम देशको राजधानी काठमाडौंबाट करिव ३१ कि.मि.को दुरीमा रहेको छ । यो जिल्ला ८५०२४ देखि ८५०४९ पूर्वीदेशान्तर र २७०२० देखि २७०४५ उत्तरी अक्षांशका बीच १४०४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा, पश्चिममा काठमाण्डौ, ललितपुर र भक्तपुर, उत्तरमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन् । पूर्वमा सुनकोशी, पश्चिममा नगरकोट डाँडा एवं साँगा भञ्ज्याङ, उत्तरमा इन्द्रावती एवं सुनकोशी नदी र दक्षिणमा कोखाजोर एवं खानी खोलाले घेरिएको यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ । ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाहरु रहेको यस जिल्लाको भु—भागलाई विशेषगरी कोशीपारी, तिमाल, दाप्चा, उपत्यका, डाँडापारी र रोशी जस्ता क्षेत्रहरुमा विभाजन गरिएको छ । क्षेत्रफलका हिसाबले पाँचखाल नगरपालिका सबैभन्दा ठूलोे मानिन्छ । उपत्यका क्षेत्र (बनेपा, पनौती, पाँचखाल) जस्ता क्षेत्रहरु तुलनात्मक रुपले सुगम मानिन्छन् भने रोशी, कोशीपारी तथा डाँडापारीका क्षेत्रहरु अभैmपनि विकट छन् । समुन्द्र सतहदेखि ३१८ मिटर (कोखाजोर खोला) देखि ३०१८ मिटर  (वेथानञ्चोकको नारायणस्थान डाँडा ) सम्मको उचाइ रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू–धरातलले भरिएको छ । काभ्रेपलाञ्चोक नित्य चण्डेश्वरीबाट काभ्रेपलाञ्चोक र प्रशिद्ध पलाञ्चोक भगवतीबाट पलाञ्चोक चयन गरी यस जिल्लाको नाम काभ्रेपलाञ्चोकपलाञ्चोक रहन गएको हो ।

भू-बनोट:

जिल्लाको अधिकांश भु– भाग डाँडा, पाखा र पखेराले भरिएको छ भने कहिँ कतै पहाडकोे बिचबिचमा समथर टार र वेशीहरु जस्तै मंगलटार, दाप्चाबेशी, भकुण्डेबेशी, खोपासी, कुन्ताबेशी आदि फाँटहरु रहेका छन् । महाभारत शृङ्खलाभित्र पर्ने यी क्षेत्रहरुको भौगोलिक संरचनालाई हेर्दा दक्षिणी क्षेत्र बलौटे ढुंगाले बनेको सिवालिक समुह जो चाँडो क्षयिकरण हुने खालको भू–बनोट रहेको छ भने फुल्चोकी क्षेत्रमा काठमाडांै समूहका कमजोर प्रकारको स्लेट, फाइलेट, चिटस् , सेल र चुनढुङ्गाले भरिएको छ जसमा पनि भू–क्षय बढी हुने देखिन्छ  (इसिमोड १९९३), यस जिल्लामा भू–धरातलीय विविधताले गर्दा विभिन्न क्षेत्रमा विभिन्न प्रकारको माटो पाइन्छ । सामान्यतया बेशी, टार र उपत्यकाहरुमा रातो माटो प्रशस्त मात्रामा पाइन्छ भने मध्ये पहाडी क्षेत्रमा चिम्टाइलो माटो रहेको छ । त्यसैगरी नदी किनारका क्षेत्रहरुमा पाँगो र दोमट माटो पाइन्छ । कुल भूमिमध्ये करिव ९७.१ प्रतिशत क्षेत्र मध्यपहाडी क्षेत्र अन्तर्गत पर्दछ भने बाँकी २.९ प्रतिशतक्षेत्र सिवालिक क्षेत्र अन्तर्गत पर्दछ । यो जिल्ला दक्षिण पूर्वी मनसुन प्रभावित क्षेत्रमा पर्दछ जसले गर्दा जुन देखि सेप्टेम्बर महिनासम्ममा कुल वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ भने बाँकी अक्टोबरदेखि मे महिना सम्मको आठ महिनामा २० प्रतिशत वर्षा हुने गर्दछ । बागमती जलाधार रोशी जलाधार क्षेत्र हुँदै मनसुनी वायु जाने हुँदा सबैभन्दा बढी वर्षा यसै क्षेत्रमा हुने गर्दछ ।

हावापानी :

जिल्लाको धरातलीय विविधता सँगसंगै यहाँको हावापानीमा पनि विविधता पाईन्छ । यस जिल्लाको दक्षिणी भागका कोखाजोर खोला र बाग्मती नदी देखी जिल्लाको मध्य भागमा  अवस्थित पूmलचोकी र महाभारत श्रृंखलाको भौगोलिक विविधता हेर्दा खासगरी तीन प्रकारको हावापानी पाइन्छ । 

 

अर्धउष्ण हावापानी :

समुन्द्र सतह देखी १००० मि. सम्म उचाईमा रहेका सुनकोशी नदी किनार र रोशी क्षेत्रको पूर्वी भाग तथा पाँचखाल उपत्यकाका साथै दक्षिणतर्फ सिवालिक क्षेत्रहरू पाँचखाल, महादेवस्थान, भकुण्डेबेशी, मंगलटार, साल्मेचाकल(तालढुंगा), शिखर अम्बोटे र गोकुलेमा यस प्रकारको हावापानी पाइन्छ । यस क्षेत्रको तापक्रम ५ देखी ३४ डिग्री सेल्सियस सम्म हुने गर्दछ । 

न्यानो समशीतोष्ण हावापानी :

समुन्द्र सतहबाट करिव १००० मि. देखी २००० मि. सम्मको क्षेत्रमा यस प्रकारको हावापानी पाइन्छ । जिल्लाको भौगोलिक वनावट अनुसार प्राय क्षेत्रहरूमा यस प्रकारको हावापानी पाइन्छ । बनेपा, पनौती लगायत जिल्लाका अधिकांश भागहरू यस क्षेत्रमा पर्दछन् । यस क्षेत्रको तापक्रम २ देखी २८ डिग्री सेल्सियस सम्म हुने गर्दछ । 

ठण्डा शीतोष्ण हावापानी :

खासगरी यस प्रकारको हावापानी समुन्द्र सतहवाट २००० मि. भन्दा माथीका क्षेत्रहरूमा पाइन्छ । जिल्लाका चौवास, च्याम्राङबेसी, नगरकोट, पोखरी नारायणस्थान तथा महाभारत श्रृंखलाहरू लगायतका क्षेत्रहरूमा पाइने गर्दछ । यी स्थानहरूको तापक्रम ० देखी १८ डिग्री सेल्सियस सम्म हुने गर्दछ । यि क्षेत्रहरूमा हिउँदमा हिमपात समेत हुने गर्दछ । 

वर्षा :

यस जिल्ला दक्षिणपूर्वी मनसुन प्रभावित क्षेत्रमा पर्ने हुनाले असार देखी भाद्र सम्ममा प्रशस्त पानी पर्दछ । यी महिनाहरूमा कुल वर्षाको ८० प्रतिशत सम्म पानी पर्दछ । जिल्लाका मुख्य दुई जलाधारक्षेत्रहरू वाग्मती र रोशी क्षेत्र हुँदै न्यून चापइी वायु जाने हुनाले यस क्षेत्रमा बढी वर्षा हुने गर्दछ । यी दुवै जलाधारक्षेत्रहरू महाभारत क्षेत्रको सेरोफेरोमा पर्ने गर्दछ । सबैभन्दा कम वर्षा जिल्लाको उत्तर पूर्वी क्षेत्रका पहाडी भू–भागहरूमा हुने गर्दछ । रोशी जलाधार क्षेत्रमा १३०० देखी २००० मि.मि. र बाग्मती जलाधार क्षेत्रमा २००० मि.मि भन्दा बढी तथा सुनकोशी क्षेत्रमा १३०० मि.मि. भन्दा कम वर्षा हुने गर्दछ । जिल्लामा सबैभन्दा बढी वर्षा हुने कोखाजोर खोला क्षेत्र हो जहाँ २६८७ मि.मि. वर्षा हुने गर्दछ ।

राजनीतिक एवं प्रशासनिक विभाजन

देशको प्रशासनिक बिभाजन अनुसार शुरूमा यस जिल्लालाई ९९ गाविसहरूमा विभाजन गरिएको थियो भने बि.सं. २०३७ मार्ग १७ गते ६८ गाविसहरू कायम गरिएको थियो । पुनः वि.सं. २०३८ मा यस जिल्लामा ९७ गाविसहरू र १ नगरपालिका कायम गरिएको थियो । पछिल्लो समय वि.सं. २०७३ फाल्गुण २७ सम्म यस जिल्लामा ५ नगरपालिकाहरू र ७५ गाविसहरू रहेका थिए । तत्पश्चात् नयाँ संरचना अनुसार वि.सं २०७३ फाल्गुण २७ गते नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी यस जिल्लालाई १३ वटा नयाँ स्थानीय तहमा विभाजन गरेको छ । साथै प्रतिनिधि सभामा दुईवटा क्षेत्र र सो अर्न्तगत प्रदेश सभामा प्रतिनिधि  सभा १ मा क र ख, प्रतिनिधि सभा २ मा क र ख गरी निर्वाचन क्षेत्र कायम  गरिएको छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त  क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले बागमती अञ्चल, काभ्रेपलान्चोक जिल्लाका लागि तोकेको सिमा ११-१५ को अधिनमा रही आयोगको स्थानीय तहको पुनर्संरचना सम्बन्धि कार्यविधि र त्यसको थप संसोधन सहित स्थानीय विकास अधिकारीको अध्यक्षतामा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति गठन गरी उक्त समितिलाई जिल्लाको नयाँ स्थानीय तहको संख्या र सिमाना निर्धारण गर्ने जिम्मेवारी दिएको थियो । सो अनुसार यस जिल्लाका राजनीतिक दलहरु, पत्रकार, नागरिक समाज, सम्बन्धित सरोकारवाला स्थानीय जनताहरुको बहुपक्षीय अन्तरक्रिया, छलफल र परामर्शहरु गरी सम्मानित आयोगको स्थानीय तह पुनर्संरचना सम्बन्धि कार्यविधिको अधिकतम परिपालना र तोकिएको संख्या सिमा ननाघ्ने गरी अधिकतम राजनीतिक सहमतिका आधारलाई पनि दृष्टिगत गरी उक्त समितिले आयोगको कार्यविधिमा भएका मापदण्ड र जिल्लास्तर र स्थानीयस्तरका  परामर्शहरुको आधारमा १३ वटा नयाँ स्थानीय तह (७ वटा गाउँपालिका तथा ६ वटा नगरपालिका) को सिमाना सहित प्रतिवेदन तयार गरी आयोगमा पेश गरेको थियो।  जिल्लाको भूगोल, जनसांख्यीक वितरण, भौतिक पूर्वाधारको अवस्था, प्राकृतिक श्रोत र साधनहरुको उपलब्धता र पहुँच आदिका कारण केहि इकाईहरुले आयोगको मापदण्डलाई पूर्णरुपमा सम्बोधन गर्न सकेको थिएन।

जिल्लाका महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थानहरू

पलाञ्चोक भगवती:

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल न.पा.-९ ( साविक साठिघर गा.वि.स) मा अवस्थित यस पलाञ्चोक भगवतीको मन्दिर नेपालका शक्ति पिठहरू मध्येकै प्रमुखको रूपमा रहेको छ । यो मन्दिर बि. सं. ५६० तिर राजा मानदेवको पालामा पलाञ्चोकका सामन्तका पत्नी विजयस्वामिनी भन्नेले निर्माण गरेकी हुन् । यस मन्दिरका बारेमा एतिहासिक अख्यान यस प्रकार रहेको छ। यो मन्दिर तात्कालिन अवस्थामा बच्चाकोट ( हाल नमोबुद्ध न.पा.) मा रहेको थियो। त्यहाँका केही व्यक्तिहरूले राति सपनामा भगवतीले मलाई बोकी उत्तरतिर लैजानु भन्ने देखेछन् । त्यसपछि त्यहाँका व्यक्तिहरूले भगवतीको मूर्तीलाई बोकी सोही अनुरूप उत्तर तर्फ लागेछन् । हालको पलाञ्चोक डाँडामा पुगेपश्चात रात परेछ र उनीहरू त्यही बसेछन् । भोलीपल्ट बोक्न खोज्दा उचाल्न नसके पश्चात त्यो मूर्ती त्यही छोडेको उल्लेख छ । हाल पनि बच्चाकोटबाट पलाञ्चोकको मन्दिरमा वर्षेनी पुजाको डोला लैजाने चलन रही आएको छ। यस मन्दिरमा पूर्णिमा, दशै, चण्डिपूर्णिमामा विशेष मेला लाग्दछ । परापुर्वकाल देखिनै यस मन्दिरमा काठमाण्डौ मोखा टोलका बज्राचार्यहरू पूजारीको रूपमा रहने चलन रहीआएको छ । यस क्षेत्रमा कुनै विपत्ति आउँदा भगवतीको मूर्तीमा पसिना आउँछ भन्ने जनश्रृति रहीआएको छ ।

नमोबुद्ध:

यस ऐतिहासिक क्षेत्र जिल्लाको मध्य-दक्षिण क्षेत्र नमोबुद्ध नगरपालिका (साविकको श्यामपाटी सिमलचौर गाविस) पर्दछ । बौद्धधर्माबलम्वीहरूको पवित्रस्थल रहेको यस स्थानमा बौद्ध पुर्णीमामा विशेष मेला लाग्ने गर्दछ । यस स्थानमा पवित्र बौद्ध गुम्वाहरू रहेका छन् । यस स्थान रहनुमा एक किंवदन्ती रहेको छ। परापूर्वकालमा सिंता चेन्पो भन्ने राजा पनौतीसुन्थान क्षेत्रमा राज्य गर्दथे । उनीका तिनवटा छोराहरू द्रा चेन्पो, माहिलो ल्हा चेन्पो र कान्छो सेम्चेन चेन्पो थिए। राजाका तिन छोराहरू मध्ये  कान्छो ​छोरा  दया र करुणा भावले भरिएको थियो। एकदिन राजा परिवार र केही भारदारहरूलाई लिई शिकार खेल्न जगल तिर लागेछन्। करिव आधादिन जतिको वाटो अगाडि लागेपछि राजकुमारको रा ठूलो र बाक्लो पन आएछ जहाँ सुन्दर फूलहरूको वास्ना फैलिरहेको थियो भने अत्यन्त राम्रा चराहरू प्रशस्तमात्रामा खेल्दै हाल नमोबुद्ध थिए। त्यो स्थान तिनीहरूलाई साह्रै नै मनपरेछ र त्यही बस्ने निधो गरेछन्। राजकुमारहरू भने धनु र बाण लिएर जङ्गल तिर लागेछन् । राजकुमारहरू जङ्गलतिर अगाडि बढ्दै जाँदा एउटा गुफामा बाघ सुतिरहेको देखेछन्। नजिकै बाघ देखेर जेठा र माहिला राजकुमारहरूले बाघलाई मार्न धनु ताके । जव कान्छा राजकुमारले गुफा तिर हेरे त्यहाँ अरू स-साना बाघका बच्चाहरू पनि देखेर दाजुहरूलाई बघिनीलाई मार्नबाट रोके। गुफा नजिकै गएर हेर्दा त्यो कमजोर बघिनीले भखरै बच्चाहरूको जन्म दिएकी रहिछे। बच्चाहरू छोडेर शिकार गर्नजाँदा अरू जनावरहरूले खाइदेलान् भनेर कही नगई बच्चाहरू सँगै बसेकी र धेरै दिन देखी के भोक्कै जस्तो देखिन्थिई इमहरू भने दुध चुसिरहेका थिए तर उनीहरू वधिनीको दुधवाट अघाएका जस्ता देखिदैन थिए। राजकुमार नजिकै पुगेर हेर्दा पनि त्यो बघिनीले राजकुमारपट्टी टाउको फर्काई हेर्न सकेकी थिईन । वघिनीको त्यो अवस्था देखेर राजकुमारलाई बघिनी र उसका डमरू देखी ज्यादै दया पलायो र उनले दाजुहरूलाई सोधे कस्तो खालको खानेकुराले उसको पेट भरिन्छ ताकी बघिनी र उसका डमरूहरू बाँच्न सकुन् । दाजुहरूले भने बघिनीले आलो रगत र ताजा मासु मनपराउँछे। तसर्थ यसप्रकारका खानेकुराहरूबाट मात्रै उसको जीवन रक्षा हुन्छ । राजकुमारहरू त्यस स्थानवाट फर्किए बाटोभरी कान्छा राजकुमारले त्यो बघिनी र उसका छाउराहरूलाई कसरी बचाउन सकिन्छ भन्ने सोच्दै थिए। उनले (अरनिको राज बीचबाटोमा दाजुहरूलाई भने तपाईहरू जानुहोस् म चाहीँ पछि आउँछु भनी फर्किए। राजकुमार वघिनी नजिकै पुगेर आफ्नो शरीरवाट रगत र मासु निकाली बघिनीलाई खुवाउन थाले । कान्छा राजकुमार धेरै समयसम्म नआउँदा दाजुहरू पुन भाइ बधिनी के गुफातिर गएको हुन सकने ठानी त्यतै तर्फ लागे । त्यहाँ नेवारहरूको उनीहरूले भाइको शरीरका हड्डी र लगाएका लुगाहरू मात्र पाए। भाईले आफ्नो शरिरको मासु र रगतवाट बघिनीको प्राण रक्षा गरेको देखी बाँकी हाडका टुक्रा र कपडा लिई राजाकहाँ अवलोकन पुगे । राजा रानी यस घटनाबाट बेहोस भए । त्यति बेलानै दृष्टिकोणले आकाशवाणी मार्फत उनै कान्छा छोराले भने मैले मेरो शरीर  भोकाएकी बघिनीलाई दिएपछि म स्वर्गको उत्तम स्थानमा जन्म लिनेछु। राजाले आफूबाट छोरा टाढा भएको थाहापाई साहै टुँडिखेल दुखी भए राजकुमारले सम्झाउँदै भने दुखी नहुनुहोस् व्यक्तिले स्थानहरू जस्तो कर्म गर्दछ त्यस्तै सजायँ पाउँछ।

मण्डनदेउपुरमा नगरकोट:

काभ्रेपलाञ्‍चोक र भक्तपुर जिल्लामा नगरकोट एक ऐतिहासिक, पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध छ । यो स्थान समुन्द्र सतहबाट करिब 2000 मि. को उचाईमा रहेको स्थानको छ ।यस स्थानको ऐतिहासिक पक्ष केलाउँदा यहाँको राज्यलाई पृथ्वी नारायण शाहले एकिकरणको अभियानमा वि.सं. १८०३ मा पहिलो पटक कान्तिपुरबाट जिती भक्तपुरलाई दिएका थिए भने वि.सं.18११ पछि भने आफैंमा राखेका थिए ।हाल यस स्थान सूर्योदय हेर्ने प्रमुख स्थानको रूपमा परिचित रहेको छ ।यस स्थानमा हाल आन्तरिक तथा बाह्य पर्यटनका लागि सुविधा सम्पन्‍न होटेलहरू स्थापना भएका छन् । नगरकोट मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिका भित्र पर्दछ । मण्डनदेउपुर नगरपालिकामा नगरकोट बाहेक अन्य क्षेत्रहरु पनि पर्यटकीय र धार्मिक क्षेत्रहरु पनि छन्। हेलम्बु हुँदै मेलम्ची जाने पर्यटकका लागि आकर्शक क्षेत्र मानिन्छ। महादेवस्थान तथा नयाँगाउँ र जैसीथोक लगायतका क्षेत्रमा अन्य धार्मिक क्षेत्रमा पर्यटकहरुलाई सहज बनाउँछ ।

 

 

 


Per Page :
Loading जिल्लाको परिचय ...
Date जिल्लाको परिचय Detail Files Action
2076-05-11 जिल्ला परिचय

2076-05-11
Loading जिल्लाको परिचय ...
Last Updated : 2083-03-05 20:08:33

© All Rights Reserved to District Administration Office, Kavrepalanchok .