Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kavrepalanchok

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kavrepalanchok

Saturday, Ashadh 06, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नागरिकता सम्बन्धि सेवा (वंशज)

Charge (English)

रु. १०।– को टिकटबाहेक अन्य कुनै दस्तुर नलाग्ने ।



Duration (English)

प्रमाण पूरा भएकै दिन

Documents

 

अ.) सामान्य अवस्थामा :-

  • सम्बन्धित वडा कार्यालयबाट अनलाइन सिफारिस भएको अनुसूची फाराम  १ ।
  • बाबु र आमाको  नागरिकता प्रमाण पत्र ।
  • बाबु र आमाको नागरिकता नभएमा दाजु/भाई वा वंशज खुल्ने तीन पुस्ताभित्रको नातेदारको नागरिकता प्रमाण पत्र र नाता प्रमाणित।
  • जन्मदर्ता प्रमाणपत्र, जन्ममिति खुल्ने शैक्षिक योग्यताको  प्रमाण पत्र, नाबालक परिचय पत्र लिएको भए सो समेत ।

विवाहित महिलाको हकमा:

  • विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता र माइति तर्फको वंशज खुल्ने नागरिकताको प्रमाण पत्र ।
  • बाबु/आमाको मृत्यु भए मृत्यु दर्ता प्रमाण पत्र र वंशज खुल्ने कागजात ।
  • परिवारका कुनै पनि सदस्यको नागरिकता नभए वंशजको नाताले नागरिकता पाउन सक्ने र वंशज प्रमाणित हुने अन्य आधारभूत प्रमाणहरु ।
  • अन्य जिल्लाबाट बसाई सरी आउनेको हकमा बसाइँसराई दर्ता प्रमाण पत्र, स्थायी बसोबास खुल्ने जग्गाधनी दर्ता प्रमाण पूर्जा वा घरको नक्शा पास  प्रमाणपत्र वा मतदाता परिचय पत्र वा पानी, बिजुलीको बिल।

बिदेशमा जन्म भएकाको हकमा:

सो को प्रमाण।

सनाखत गर्न बुवा वा आमा वा पति नभएको हकमा:

  • सनाखत गर्न आउने व्यक्ति संगको नाता प्रमाणित  ।
  • निवेदकलाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तिमा दुईजना नेपाली नागरिकता लिई सकेको व्यक्ति र सम्बन्धित स्थानीय तहको एक जना पदाधिकारी वा सदस्यले सर्जमिन स्थलमा नै गरेको सनाखत (माथिका कागजात पेश गर्न नसक्नेको हकमा)  ।
  • अनुसुची फारममा सिफारिस गरे बमोजिमको हालसालै खिचेको मुखाकृति देखिने सेतो पृष्ठभूमि भएको२x२.५ साइजको फोटो २ (दुई) प्रति ।
  • आवश्यक्ता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।

 आ.) पितृत्व र मातृत्वको ठेगान नभएका व्यक्तिको हकमा थप :-

  • नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस ।
  • त्यस्तो संस्थाको सिफारिसका आधारमा सम्वन्धित वडा कार्यालयले गरेको सिफारिस ।
  • कानूनी संरक्षकद्वारा हुर्काईएको भए त्यस्तो संरक्षकको सनाखत, निजको नागरिकताको प्रमाणपत्र र सम्वन्धित वडा कार्यालयको सिफारिस।
  • अन्य तरिकाले हुर्केको भएः- सम्बन्धित स्थानीय तहको सिफारिस (ऐनको दफा ८  को उपदफा १ को ग) ।

(ई) बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा थप:- 

  • नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको हुनुपर्ने ।
  • नेपालमा नै स्थायी  बसोबास गरेको हुनुपर्ने ।
  • बाबुको पहिचान हुन नसकेको अवस्था हुनुपर्ने ।

आवश्यक कागजात

  • जन्मदर्ता प्रमाणपत्र ।
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्र ।
  • जन्म स्थान र नाता खुल्ने सम्वन्धित वडा कार्यालयको सिफारिस ।
  • जन्म नेपालमा भएको, नेपालमा नै स्थायी बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यहोरा खुलेको सम्वन्धित वडा कार्यालयको सिफारिस।
  • सम्बन्धित व्यक्ति र निजको आमाले गरेको अनुसुची ४(क) बमोजिमको स्वघोषणा।
  • आमाको मृत्यु भइसकेको हकमा मृत्यूदर्ता प्रमाणपत्र र होस ठेगान नभएको हकमा स्वीकृत चिकित्सकले गरेको सिफारिस।

नोट :- सम्पूर्ण कागजातहरुको एक एक प्रति फोटोकपी कार्यालय प्रयोजनको लागि र सक्कल प्रति रुजु गर्ने प्रयोजनको लागि अनिवार्य रुपमा साथमा लिइ आउनुपर्नेछ ।

       आवश्यक्ता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।



Procedures

Responsible Officer/Section

Citizenship Section
(Room no. - ९)

Last Updated : 2083-03-05 20:08:33

© All Rights Reserved to District Administration Office, Kavrepalanchok .